Government of Nepal
Ministry of Land Management, Cooperatives and Poverty Alleviation
Department of Land Management and Archive
Land Revenue Office Ilam
Ilam

Process / Process and documents

जग्गा सम्बन्धी कार्यहरु सम्पन्न गर्न आवश्यक पर्ने प्रकृया तथा आवश्यक कागजातहरु निम्न अनुसार छन –

क. लिखत पारितका प्रकृया

१. सामान्य हकमा २ प्रतिलिखत तथा गुठी तथा बेजिल्लाको हकमा तीन प्रति लिखत तयार गरी देहायका कागजात सहित कार्यालयमा पेश गर्ने

क) कित्ताकाट गर्नु नपर्ने

       पारित गर्ने लिखतको साथ

  • जग्गाधनी प्रमाण पुर्जा,
  • नागरिकताको प्रमाणपत्र,
  • चालु आ.ब.को मालपोत बुझाएको रसिद,
  • करचुक्ता प्रमाण,
  • सम्बन्धित गा.वि.स. न.पा. को घरबाटोको सिफारिस,
  • अन्य आवश्यक प्रमाण ।

ख) कित्ताकाट गर्नुपर्ने

        पारित गर्ने लिखतको साथ

  • जग्गाधनी प्रमाण पुर्जा,
  • नागरिकताको प्रमाण पत्र,
  • चालु आ.ब.को मालपोत बुझाएको रसिद,
  • करचुक्ता प्रमाण,
  • सम्बन्धित गा.वि.स. , न.पा. को घरबाटोको सिफारिस,
  • अन्य आवश्यक प्रमाण ।

२. मोठ, रोक्का भिडाउने,

३. सनाखत गराउने,

४. टोकन लगाउने,

५. कित्ताकाट भए नापी कार्यालयमा पठाउने,

६. मूल्यांकन भिडाउने,

७. रजिष्टेशन दस्तुर असुल गर्ने,

८. तहरिरले पेश भएको लिखत चेक जांच गरी पारितको लागि अधिकृत समक्ष पेश गर्ने,

९. अधिकृतले रीतपुगेको लिखत पारित गरिदिने,

१०. रजिष्टेशन फांटमा पारित लिखत रजिष्टेशन – दर्तागरी रजिष्ट्शन नम्बर दिई एक प्रति लिखत तामेली फाट र एक प्रति मोठ फाटमा बुझाइ दिने,

११. पारित लिखत अनुसार मोठ फांटबाट श्रेस्ता पुर्जा तयार गरी जग्गाधनी दर्ता प्रमाण पुर्जा सम्बन्धित व्यक्ति तथा संस्थालाई उपलब्ध गराउने,

१२. मिसिल तामेली फांटमा बुझाइ दिने ।

 

 

 ) नामसारी पारितका प्रकृया

१. नामसारीको लागि देहायका कागजात समावेश गरी कार्यालयमा पेश गर्ने,

  •  जग्गाधनी प्रमाण पुर्जा,
  •  नागरिकताको प्रमाण पत्र,
  •  चालु आ.ब.को मालपोत बुझाएको रसिद,
  •  नाता प्रमाण,
  •  मृत्यु दर्ता प्रमाण,
  •  सम्बन्धित गा.वि.स. न.पा. को किटानी सिफारिश,
  •  अन्य आवश्यक प्रमाण ।

२. मोठ, रोक्का भिडाउने,

३. कागजातहरु रुजु गरी सनाखत गर्ने,

४. नामसारी शाखामा नामसारीका लागि आवश्यक पूरा गरी निर्णयको लागि सम्बन्धीत मालपोत अधिकृत समक्ष फाइल पेश गर्ने,

५. नामसारी निर्णय अनुसार मोठ फांटबाट श्रेस्ता पुर्जा तयार गरी जग्गाधनी दर्ता प्रमाण पुर्जा सम्बन्धित व्यक्ति तथा संस्थालाई उपलब्ध गराउने,

६. मिसिल तामेली फांटमा बुझाइ दिने ।

द्रष्टब्यः

  •  जग्गा धनीको मृत्यु भएको ३५ दिनसम्म कुनै पनि शुल्क नलाग्ने तर सो पश्चात नियमानुसार विलम्ब शुल्क लाग्ने ।
  •  आवश्यकता अनुसार स्थलगत सहरजमीन र हकदावीको सार्वजनिकको सूचना प्रकाशित गर्ने ।

) दाखिल खारेज (दा.खा.) का प्रकृया

१. आवेदन फर्म पेश गर्ने

      सेवाग्राहीले पेश गर्ने कागजातहरु

             शेषपछिको वकस पत्र बमोजिमको दा.खा.

                   दा.खा. माग निवेदनको साथ

  • सक्कल लिखत,
  • मृत्युदर्ता प्रमाण,
  • नागरिकता प्रमाण पत्र,
  • अन्य आवश्यक प्रमाण ।

             मोही बाँडफाँड दा.खा.

                    दा.खा. माग निवेदनको साथ

  • भू.सु.का.को निर्णय र जनाउ पत्र,
  • नागरिकता प्रमाण पत्र,
  • अन्य आवश्यक प्रमाण ।

            अदालतको फैसला र मिलापत्र अनुसार दा.खा.

                    दा.खा. माग निवेदनको साथ

  • अदालतको अन्तिम फैसला र जनाउ पत्र,
  • नागरिकता प्रमाण पत्र,
  • अन्य आवश्यक प्रमाण ।

             लिलाम दा.खा.

                    दा.खा. माग निवेदनको साथ

  • लिलाम गर्ने निकायको निर्णय,
  • दा.खा. गरि दिने पत्र र आधिकारीक प्रतिनिधि,
  • अन्य आवश्यक प्रमाण ।

            वेजिल्ला दा.खा.

                  दा.खा. माग निवेदनको साथ

  • वेजिल्ला पारित लिखत,
  • चालु आ.ब.को मालपोत बुझाएको रसिद,
  • नागरिकता प्रमाण पत्र,
  • अन्य आवश्यक प्रमाण ।

२. मोठ, रोक्का भिडाउने,

३. कागजातहरु रुजु गरी सनाखत गर्ने,

४. दा.खा. को लागि तोकिएको फांटबाट आवश्यक प्रक्रिया पूरा गरी निर्णयका लागि सम्बन्धित मालपोत अधिकृत समक्ष फाइल पेश गर्ने,

५. दा.खा. निर्णय अनुसार मोठ फांटबाट श्रेस्ता पुर्जा तयार गरी जग्गाधनी दर्ता प्रमाण पुर्जा सम्बन्धित व्यक्ति तथा संस्थालाई उपलब्ध गराउने,

६. मिसिल तामेली फांटमा बुझाइ दिने ।

) छुट जग्गा दर्ता का प्रकृया

१. देहायका कागजातहरु संलग्न गरी आवेदन फर्म पेश गर्ने

  • साविक लगत,
  • २ नं. रसिद,
  • हकभोग प्रमाण,
  • फिल्डबुक,
  • सम्बन्धित गा.वि.स. न.पा. को किटानी सिफारिश,
  • ७ नं. फांटवारी,
  • नागरिकताको प्रमाण पत्र,
  • मृत्यु दता{ प्रमाण,
  • अन्य आवश्यक प्रमाण ।

१. मोठ, रोक्का भिडाउने,

२. कागजातहरु रुजु गरी सनाखत गर्ने,

३. जग्गा दर्ता शाखाले आवश्यक प्रक्रिया पु—याई जग्गा दर्ता समिति समक्ष निर्णयका लागि पेश गर्ने,

४. समितिबाट निर्णय भएका जग्गाको सेवा दस्तुर बुझाउन जग्गाधनीलाई सुचित गर्ने,

५. राय किताव तयार गरी प्रमाणित गर्ने,

६. जग्गा दर्ता निर्णय अनुसार मोठ फांटबाट श्रेस्ता पुर्जा तयार गरी जग्गाधनी दर्ता प्रमाण पुर्जा सम्बन्धित व्यक्ति तथा संस्थालाई उपलब्ध गराउने,

७. मिसिल तामेली फांटमा बुझाइ दिने ।

ङ) श्रेस्ता पूर्जामा संशोधनका प्रकृया

१. देहायका कागजातहरु सलग्न गरि निवेदन मूल दर्ता गर्ने,

    सेवाग्राहीले पेश गर्ने कागजातहरु

            नाम , थर, वतन र उमेर संशोधन

संशोधन माग निवेदनको साथ

  •  जग्गाधनी दर्ता प्रमाण पूर्जा,
  •  नागरिकताको प्रमाण पत्र,
  •  चालु आ.ब.को मालपोत बुझाएको रसिद,
  •  सम्बन्धित गा.वि.स. / न.पा. को सिफारिश,
  •  अन्य आवश्यक प्रमाण ।

कित्ता नं. क्षेत्रफल र किसिम संशोधन

     संशोधन माग निवेदनको साथ

  •  जग्गाधनी प्रमाण पुर्जा,
  •  नागरिकताको प्रमाण पत्र,
  •  चालु आ.ब. को मालपोत बुझाएको रसिद,
  •  नापी कार्यालयको राय सहितको प्राविधिक प्रतिवेदन,
  •  फिल्डबुक उतार,
  •  नक्सा श्रेस्ता,
  •  लुज सिट,
  •  फिल्ड प्रतिवेदन,
  •  सम्बन्धित गा.वि.स. / न.पा. को सिफारिश,
  •  अन्य आवश्यक प्रमाण ।

            फोटो टांस माग निवेदनको साथ

  •  जग्गाधनी दर्ता प्रमाण पूर्जा,
  •  नागरिकताको प्रमाण पत्र,
  •  फोटो र ना.प्र.नं. प्रमाणित सहितको सम्बन्धित गा.वि.स. / न.पा.को सिफारिश,
  •  अन्य आवश्यक प्रमाण ।

         तीनपुस्ते कायम माग निवेदनको साथ

  •  जग्गाधनी प्रमाण पुर्जा,
  •  नागरिकताको प्रमाण पत्र,
  •  चालु आ.ब.को मालपोत बुझाएको रसिद,
  •  सम्बन्धित गा.वि.स. न.पा. को सिफारिश (तीनपुस्ते खुल्ने गरी),
  •  अन्य आवश्यक प्रमाण ।

२. मोठ, रोक्का भिडाउने,

३. कागजातहरु रुजु गरी सनाखत गर्ने,

४. नापी कार्यालय बुझ्नुपर्ने भए बुझ्ने,

५. संशोधनको प्रकृति हेरी सरजमिन, सार्वजनिक सूचना वा दुवै कार्य गर्ने,

६. प्रमाणको मूल्याङ्कन गरी निर्णय गर्ने,

७. राय कितावमा प्रमाणित गर्ने,

८. दस्तुर लाग्ने भए असुल गर्ने,

९. जग्गा दर्ता निर्णय अनुसार मोठ फांटबाट श्रेस्ता पुर्जा तयार गरी जग्गाधनी दर्ता प्रमाण पुर्जा सम्बन्धित व्यक्ति तथा संस्थालाई उपलब्ध गराउने,

१०. मिसिल तामेली फांटमा बुझाइ दिने ।

 

यो वेवसाईट

free
hit counter
पटक हेरिएको छ ।

© all right reserved (Department of Land Reform and Management)