नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभाग

नेपाल सरकार
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
भूमि व्यवस्थापन तथा अभिलेख विभाग
मालपोत कार्यालय ईलाम
ईलाम

हाम्रो बारेमा

नेपालमा बौदिक कालदेखि नै भूमिलाई राज्यको अधिनमा राखी भूमिको उपयोग गर्नेले निश्चित कर राज्यलाई बुझाउने प्रचलन थियो । यसरी भूमिको प्रयोग गरेबापत मालपोत असुली गर्ने कार्यको अभिलेखको यथार्थ एवं आधिकारिक मिति एकिन नभएता पनि भूमिकर उठाउने प्रचलन परापूर्वकाल देखि थियो भन्ने कुरा ऋगवेद र अर्थवेदमा समेत उल्लेख भएको पाइन्छ । विशेष गरी लिच्छबीकालमा आएर जग्गाधनी पूर्जा (लेख्य) र उत्पादन अनुसार जग्गाको कूत तिर्ने व्यवस्थालाई अवलम्वन गरेको पाइन्छ । राजा रामशाहले जग्गा प्रशासनमा हले, पाटे, कोदाले, माटो, मुरी, बिजन, माना आदीको आधारमा जग्गाको इकाई तोकी लगत राख्ने व्यवस्था  गरेका थिए भने राजा जयस्थिति मल्लले जग्गा नापजांच गराउने र विर्ता जग्गा विक्री गर्न र वन्धक राख्न पाउने नियम बसालेका थिए । जुन आज पर्याप्त विभिन्न रुपमा परिमार्जन हुँदै भूमि व्यवस्थापन र प्रशासनमा कार्य भैरहेको छ ।

नेपाल सरकार, भूमिसुधार तथा व्यवस्था मन्त्रालय तथा भूमिसुधार तथा व्यवस्थापन विभागको मातहातमा रही विभिन्न नीतिगत एवं आवधिक तथा वार्षिक कार्यक्रम गर्नु यस मालपोत कार्यालयको कार्यक्षेत्र भित्र पर्दछ । मुलुकी ऐन २०२०, भूमि सम्वन्धी ऐन २०२१, मालपोत ऐन २०३४ र मालपोत नियमावली २०३६ लगायत जग्गा प्रशासन सम्वन्धी ऐन, नियम निर्देशिका र कार्यविधि कार्यन्वयन गर्नु यस मालपोत कार्यालयको मुख्य जिम्मेवारी हुन आउछ ।

यो वेवसाईट

free
hit counter
पटक हेरिएको छ ।

© सर्वाधिकार सुरक्षित (भूमि व्यवस्थापन तथा अभिलेख विभाग)