नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभाग

नेपाल सरकार
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
भूमि व्यवस्थापन तथा अभिलेख विभाग
मालपोत कार्यालय ईलाम
ईलाम

इलाम जिल्ला महाभारत र सिंहलिला पर्वत श्रृखलाको काखमा अवस्थित समुन्द्री सतहबाट ३०० मिटर देखी ३६३६ मिटर उचाइमा १७०३ वर्ग कि.मि. फैलिएको मध्य पहाडी जिल्ला हो । यसको पूर्वमा भारतको दार्जीलिङ्ग, पश्चिममा मोरङ्ग, पाँचथर उत्तरमा पाँचथर र दक्षिणमा झापा जिल्ला पर्दछन् ।

            यस जिल्लामा चारवटा नगरपालिका र छ वटा गाउपालिका छन् । यहा माई, जोगमाइ, पुवामाइ र देउमाइ मुख्य नदी दक्षिणतर्फ बगेको हुँदा यस जिल्लालाइ चार खोलाको उपनामले पनि चिनिन्छ । विशेष गरी श्रीअन्तु, कन्याम, माइपोखरी, गजुरमूखी, टोड्के झर्ना लगायत ४१ वटा रमणीय घार्मिक एवं पर्यटकीय स्थल एवं हरियाली जिल्लाको रुपमासमेत बढी परिचित छ । साथै कृषि पशुपालन र नगदेवालीको रुप धेरैवटा अ (‌‌अलैची, अदुवा, अम्लिसो, अर्थोडक्स चिया, आलु, अकबरे खुर्सानी, ओलनले) बढी प्रसिद्ध कमाएको पाइन्छ । वि.स. १९२० देखी चिया खेतीको शुरुवात र पुरानो चिया कारखानासमेत रहेको यस जिल्लालाई चियाको ऐतिहासिक सम्पदाको रुपमा चिनिन्छ । साथै पहाडकी रानी नगदे वालीको खानी उपनामसमेत रहेको पर्यटकीय जिल्लाको रुपमा पनि हेरिन्छ ।

                  

यो वेवसाईट

free
hit counter
पटक हेरिएको छ ।

© सर्वाधिकार सुरक्षित (भूमि व्यवस्थापन तथा अभिलेख विभाग)